लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

Share News

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको ३ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर बापतको १० लाख ५५ हजार ४४० दशमलव २४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोमवार नयाँ वर्षको सार्वजनिक बिदा परेकाले मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने हितग्राही खातामा जम्मा गरेपछि मात्र कारोबार गर्न सक्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।