काठमाडौं। नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ प्राप्त गरेको छ । चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा कम्पनीलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
नेपालभित्र ग्राहक सेवालाई प्रत्याभूत गर्न र अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न डिलरशीप नेटवर्क विकास तथा विस्तारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै चांगानले एमएडब्ल्यू वृद्धिलाई यो सम्मान दिइएको बताइएको छ । गएको एक वर्षमा दिपलले ८ सयभन्दा बढी कार विक्री गर्नुका साथै एकसयभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको बताइएको छ । हाल नेपालमा दिपलका एस०७, एस०७ एल, ई०७ र एल०७ गरी चार मोडल उपलब्ध छन् । एमएडब्ल्यू वृद्धिलाई चांगानले यसअघि दीर्घकालीन ऊर्जा तथा वातावरणमैत्री यातायातको विकास गरेको भन्दै ‘सांग्रिला न्यू इनर्जी डेभलपमेन्ट अवार्ड’ दिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।