कामना सेवा विकास बैंकको ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी शेयर विक्रीमा ल्याएको हो ।

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन पेश गर्न सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्र प्राथमिकतामा राखेर विक्री खुला गर्दा विरतण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री गर्न लागिएको हो ।

इच्छुक खरीदकर्ताहरूले वैशाख २१ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।  आवेदन दिँदा न्यूनतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २२ गते बिहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भैसकेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।