आज आंशिकदेखि साधारणतया मौसम बदली हुने पूर्वानुमान

Share News

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । देशका हिमाली भूभागका केही स्थानमा हलुका वर्षा र हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । केही स्थानमा आंशिक बदली हुनेछ । 

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हलुका वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हलुका वर्षा र हिमपातको सम्भावना छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।