ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्य पहिलो दिन १० प्रतिशत बढ्यो

Share News

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर मूल्य पहिलो कारोबार दिन १० प्रतिशतले बढेको छ ।

गत चैत १२ गते नै आईपीओ बाँडफाँट गरेको कम्पनी वैशाख १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।  आइतवारदेखि कारोबारयोग्य भएको कम्पनीको पहिलो शेयर कारोबार नेप्सेले तोकेको अधिकतम मूल्यमै भएको हो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम ९० रुपैयाँ १७ पैसादेखि अधिकतम २७० रुपैयाँ ५१ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । ओएमपीएल स्टक संकेतबाट सूचीकृत भएको कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता २७० रुपैयाँमा भएको हो ।

स्पेशल प्रि-ओपनिङ सेसनमा कारोबार भएको उक्त मूल्यमा कम्पनीको नियमित कारोबार शुरु भएको हो । अधिक खरीद मागका कारण कम्पनीको शेयर मूल्य पहिलो कारोबार दिन १० प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँले बढेर अन्तिम मूल्य २९७ रुपैयाँ कायम भएको छ ।

यस दिन कम्पनीको १६० कित्ता शेयर कारोबार भएको छ । कम्पनीको संस्थापकतर्फको ४२ लाख कित्ता र सर्वसाधारणतर्फको १८ लाख कित्ता गरी कुल ६० लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ ।

कम्पनीको संस्थापकतर्फको र कर्मचारीको शेयर आगामी तीन वर्षसम्म 'लक-इन'मा रहनेछ भने सर्वसाधारणतर्फको पनि सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर आगामी ६ महीनासम्म 'लक-इन'मा रहनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।