तोलामा ६०० रुपैयाँ बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?

Share News

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधवार प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार प्रतितोला ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

यो दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भैरहेको जानकारी नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।