सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Share News

काठमाडौं । आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतवार प्रतितोला १०० रुपैयाँले घटेको हो । 

यो दिन चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आइतवार प्रतितोला १० रुपैयाँले बढेको हो । गत शुक्रवार तोलाको १ हजार ९६० रुपैयाँ तोकिएको चाँदीको भाउ आइतवार १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।