क्रेस्ट माइक्रो लाइफको खुद नाफा यस वर्ष करीब ६३९ प्रतिशत बढ्यो

Share News

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

यो रकम गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा करीब ६३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यही अवधिसम्म कम्पनीले १४ लाख २६ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको कुल आम्दानी १९८ दशमलव ७२ प्रतिशत बढेकाले खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।

गत आर्थिक वर्षको ९ महीनामा ७ करोड ८६ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस आर्थिक वर्षको सोही अवधिसम्म २३ करोड ४८ लाख रुपैयाँभन्दा बढी उक्त आम्दानी गरेको हो ।

यो आर्थिक वर्षमा कम्पनीको कुल खर्च १९० दशमलव ५९ प्रतिशत भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ७१ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले चालू आर्थिक वर्षको यही अवधिसम्म २२ करोड ४२ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।

तेस्रो त्रैमाससम्म १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले १३ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद दाबी भुक्तानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ भने रिटेन्ड अर्निङ १ करोड २२ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ८७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ ८८ पैसा छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।