तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, चाँदीको कतिले बढ्यो ?

Share News

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य उच्च दरमा बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्ला दुई दिन स्थिर रहेको चाँदीको मूल्य बुधवार भने बढेको छ । 

महासङ्घका अनुसार आज चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो । बुधवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६२ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।