कामीरिताले भंग गरे आफ्नै कीर्तिमान‚ गरे सगरमाथाको सर्वाधिक ३१ पल्ट आरोहण

तस्वीर : पर्वतारोही कामीरिता शेर्पाको फेसबुक ।

Share News

काठमाडौँ । कामीरिता शेर्पाले आज (मंगलवार) विहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले ३० पटक सगरमाथा आरोहणको आफ्नै कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाएका हुन् । यसपटक उनी भारतीय सेनाको आरोहण दलसँग सगरमाथा आरोहणमा गएका हुन् ।

नेपाल पर्यटन विभागले ५५ वर्षीय कामीरिता शेर्पाले ३१औँ पटक सफल आरोहण गरेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएको जनाएको छ ।

कामीरिताले गत वर्ष दुईपल्ट सगरमाथा आरोहण गरेर सगरमाथाको सर्वाधिक आरोहण गर्ने कीर्तिमान बनाएका थिए । उनले गत वर्ष २९औँ र ३०औँ पटक सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आधारशिविरनजिकको थामेमा जन्मिएका शेर्पा पर्वतारोहण पथ प्रदर्शका रुपमा अरु पर्वतारोहीलाई आरोहणमा सघाउने गर्छन् ।

यही मे २९ मा सगरमाथा आरोहणको यो सिजन सकिँदै छ । मे २९ लाई सगरामाथा दिवसका रुपमा मनाइन्छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।