कान्तिलोकपथ जेठ २१ देखि २४ सम्म बन्द हुने

फाइल तस्वीर ।

Share News

वागमती । कान्तिलोकपथ ४ दिन बन्द हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित वागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि ४ दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।