तोलामा ३ हजारले घट्यो सुनको मूल्य

Share News

काठमाडौं । आइतवार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ तोकिएको छापावाल सुनको मूल्य आइतवार प्रतितोला ३ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यो दिन प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६३ हजार ४९५ रुपैयाँ कायम भएको छ ।  आइतवार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार १४५ रुपैयाँमा झरेको छ । यो दिन प्रति १० ग्राम चाँदीको मूल्य  १ हजार ८३९ रुपैयाँ तोकिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।