ठमेलमा हिमालयन बैंकको स्थानान्तरित शाखा

Share News

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखामध्ये न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका–२७, ठमेलस्थित संचय कोष भवनबाट सेवा दिन थालेको छ । आइतवारदेखि ठमेल शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी शाखा स्थानान्तरण गरिएको हो । उक्त शाखाको आरम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिको उपिस्थतिमा गरेका हुन् । हाल बैंकले १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पोस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।