सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

Share News

काठमाडौं । आइतवार (आज) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको थियो । 

पछिल्ला दिन सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ । सुनको मूल्य रेकर्ड नजिक पुग्न लागेको छ । सुनको मूल्य सर्वाधिक कायम हुँदा प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य भने आइतवार प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।