मधेश प्रदेश सरकारद्वारा ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट सार्वजनिक

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट आइतबार बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भएपछि मन्त्रीहरूसँग सामूहिक तस्वीरमा मुख्यमन्त्री सतिशकुमार सिंह । तस्वीर : रासस

Share News

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतवार प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका हुन् । 

बजेटमा चालु शीर्षकमा १६ अर्ब ७२ करोड विनियोजन गरिएको छ भने पूँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ ।

बढ्दो बेरोजगारी समस्यालाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बताइएको छ । 

यो बजेट चालू आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा २ अर्ब ६९ करोड रुपैयाँले बढी हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।