हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठलाई अन्तरराष्ट्रिय ‘बेस्ट वुमन सीईओ’ अवार्ड

Share News

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ अन्तरराष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । 

उनलाई विमेन्स ट्याब्लोइड ‘द भ्वाइस अफ दी वुमन’ले रणनीतिक नेतृत्वतर्फको सर्वश्रेष्ठ महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्मान गरेको हो ।

अवार्ड प्राप्त गरेपछि श्रेष्ठले प्रतिक्रिया दिँदै भनिन्, 'यो सम्मान मेरो मात्र होइन, समग्र नेपाली बीमा उद्योगको सफलता हो । यसमा सक्रिय सबै महिलाहरूको सामूहिक पहिचान समेटिएको छ।' 

उनले यस सफलताको श्रेय आफ्ना टिम सदस्यहरूको निरन्तर समर्थन, परिश्रम र प्रतिबद्धतालाई दिएकी छन् ।

बेलायतमा मुख्यालय रहेको विमेन्स ट्याब्लोइड अन्तरराष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा योगदान दिने महिलाहरूलाई हरेक वर्ष विविध विधामा सम्मान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।