नेपाल एसबिआई मर्चेण्टलाई ‘एमबान कप–२०८२’ को उपाधि

Share News

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबान)ले आयोजना गरेको ‘एमबान कप–२०८२’ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले उपाधि हासिल गरेको छ । 

प्रतियोगितामा एसबिआई मर्चेण्टले उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ताको उपाधि समेत हासिल गरेको बताइएको छ । 

कम्पनीले यो सफलतामा योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई बधाई एवं धन्यवाद व्यक्त गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।