मंगलबार प्रतितोला १७०० ले घट्यो सुनको मूल्य, चाँदीको के भयो ?

Share News

काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमवार सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी २ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ६५ हजार ८९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।