श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अवार्डबाट सम्मानित

Share News

काठमाडौं । यस वर्षको ‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी–२०२५’ अवार्ड तथा सम्मान श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले प्राप्त गरेको छ । 

न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’बाट उक्त कम्पनीले फाइनान्सतर्फको बेष्ट म्यानेज्ड कम्पनीको अवार्ड हासिल गरेको हो ।

सन् १९९४ (वि.सं.२०५१ असार २२) मा सञ्चालनमा आएको उक्त फाइनान्स कम्पनी काठमाडौंका व्यवसायीले स्थापना गरेका हुन् । कम्पनी स्थापनाको शुरूको अधिकृत शेयर पूँजी, जारी र चुक्तापूँजी बढाएको छ । कम्पनीको अधिकृत शेयर पूँजी अहिले १ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जारी पूँजी २० करोड रुपैयाँबाट अहिले ८९ करोड रुपैयाँ र चुक्तापूँजी ८९ करोड रुपैयाँ पुगेको छ । 

काठमाडौंको डिल्लीबजारमा प्रधान कार्यालय रहेको उक्त फाइनान्स कम्पनीले उपत्यकाबाहिर पनि उपस्थिति बढाएको छ । 

फाइनान्स कम्पनीले उपत्यका बाहिर १३ ओटा शाखाबाट वित्तीय सेवाहरू दिइरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त उक्त कम्पनीले वित्तीय सेवा र मर्चेन्ट बैकिङ गतिविधिहरू सञ्चालन गर्दै आएको छ । 

चालू आर्थिक वर्ष २०८१/८२ को चैत मसान्त (तेस्रो त्रैमासिक)सम्ममा उक्त कम्पनीको कुल सम्पत्ति ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढी छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।