बीटीएल इण्डिया र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

Share News

काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ । 

यी दुई संस्थाले एक कार्यक्रमबीच काठमाडौंमा सम्झौता गरेका हुन् । कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना तथा दीर्घकालीन सहकार्यका विषयमा छलफल समेत भएको बताइएको छ । 

यो सम्झौताअन्तर्गत लिम्बिक अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ । 

सम्झौतामा बीटीएलको मातृसंस्था बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज नेपाल र लिम्बिकका प्रबन्ध निर्देशक प्रज्ञा शर्माले हस्ताक्षर गरेका छन् । 

बजाजका प्रमुख कार्यकारी अधिकृत नवीन बजाजले सम्झौताको उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनलाई नेपाली घरघरमा पुर्याउनु रहेको बताए । 

लिम्बिकका प्रबन्ध निर्देशक शर्माले प्रतिष्ठित भारतीय समूहबाट विश्वास प्राप्त गर्नु ठूलो अवसर र जिम्मेवारीको रूपमा लिएको बताइन् । बीटीएलले टेलिभिजन, एयर कन्डिशनर, डीप फ्रिजर लगायत उत्पादन गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।