काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
हकप्रद शेयर निष्कासन मिति तय गर्न बाँकी रहेको उक्त कम्पनीको बुक क्लोज असार २७ गते एक दिन हुने भएको छ । बुक क्लोजको आधारमा असार २६ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।