प्रिमियम ‘निर्भाना’ सिरिजसँगै ‘बोट’को नेपाल प्रवेशको औपचारिक घोषणा

Share News

काठमाडौं । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोटले ‘निर्भाना’ सिरिज नेपालमा उपलब्ध भएको घोषणा गर्दै आफ्नो उपस्थितिलाई औपचारिकता दिएको छ । बोटले यसअघि नै नेपालमा आफ्नो सशक्त उपस्थिति जनाइसकेको छ । उच्च क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ । 

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्पअन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । बोट छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको भनाइ कम्पनीको छ । 

बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने‚ “नेपाल सधैं हाम्रो लागि विशेष रहँदै आएको छ र हामी यहाँको बढ्दो बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको शुरुआतसँगै नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ ।”

बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यको संयोजन प्रस्तुत गरिएको छ । 

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने‚ “औपचारिक घोषणासँगै बोटले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ ।”

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।