जुनमा घट्यो पर्यटन आगमन, करीब साढे ७६ हजार भित्रिए

एयर चाइनाको विमानबाट काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्दै पर्यटक । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । गत जुन महीनामा नेपालमा ७६ हजार ४२५ विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महीनाको तुलनामा ०.४ प्रतिशतले कम हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२४ को जुनमा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए । त्यसको तुलनामा यस वर्ष नेपाल भित्रिने पर्यटकको संख्या ३११ ले कम हो । 

यद्यपि, कोभिड–१९ महामारीअघि (सन् २०१९) को जुन महीनासँग तुलना गर्दा यो वर्षको पर्यटक आगमन २.१ प्रतिशतले बढेको छ । सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक नेपाल आएका थिए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।