काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ योजना सञ्चालनका लागि जेठ २३ गतेदेखि असार ६ गतेसम्म निष्कासन गरेको इकाई बाँडफाँट गरेको छ ।
क्यापिटलले प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम नाम खुलामुखी योजना सञ्चालन गर्न लागेको हो । त्यसका लागि क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई निष्कासनमा ल्याएको थियोे । तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन परेकाले योग्य आवेदकहरूमा बीज पूँजीसहित असार १७ गते इकाई बाँडफाँट गरिएको हो ।
यस योजनाको कुल आकार ४ करोड इकाईको रहेको छ । कुल इकाईमध्ये ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र ७ दशमलव ५ प्रतिशत अर्थात् ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ ।
यीबाहेक २ करोड ५० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याइएको थियो । इकाई निष्कासन तथा विक्री प्रबन्धकमा भने योजना व्यवस्थापकका रूपमा रहेको प्रभु क्यापिटल लिमिटेड नै छ ।
यो योजना खुलामुखी प्रकृतिको भएकाले निरन्तर चलिरहने छ । धितोपत्र दोस्रो बजारमा बन्दमुखी प्रकृतिको योजनाको जसरी कारोबार नहुने हुँदा योजना व्यवस्थापक तथा कोष प्रवद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरूलाई वितरक तोकी इकाई खरीदविक्री हुने व्यवस्था मिलाइने छ ।
खुलामुखी योजनाका इकाईहरू खरीदविक्री गर्न इकाईधनीहरूलाई कुनै प्रतिवन्ध हुँदैन । योजनाको खुद सम्पत्ति मूल्यको आधारमा यस योजनाको इकाई खरीदविक्री हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।