काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा लगातार डिजिटल रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुमारी बैंक लिमिटेडले आफ्ना सेवाहरूको सूचीमा नयाँ सेवा थप्दै कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा शुरु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा शुरु गरिएको यो सेवा बैंकको मोबाइल बैंकिङ एप कुमारीस्मार्ट मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरूले आफ्नो कुमारीस्मार्ट एपमार्फत मोबाइलबाट सजिलै उपयोग गर्न सक्छन् । फोनपेको क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सकिने यो भर्चुअल क्रेडिट कार्डबाट तिरेको रकम ग्राहकहरूले ४५ दिनसम्म बिना ब्याज उपभोग गर्न पाउँछन् भने बैंकलाई सो रकम बुझाउँदा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्छन् ।
२४ वर्षदेखि ग्राहकहरूलाई निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।