सूर्योदय वोमी लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर विक्रीमा

Share News

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर असार १९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मीस्थान, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ । यो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।