सिटिजन्स बैंकद्वारा हुम्लाको सर्केगाड गाउँपालिकाका अग्नीपीडितलाई राहत वितरण

Share News

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा यही असार ३ गते भएको आगलागीका पीडित ८ घरपरिवारहरूलाई राहतस्वरुप खाद्यान्न सामाग्री र लत्ता कपडा वितरण गरेको छ । आगलागीले घरबारविहीन भएका परिवारहरूलाई सकेको सहयोग गर्न पाउँदा पीडितहरूलाई केही सहज हुने विश्वास बैंकले लिएको छ । 

पीडितहरूलाई राहत वितरण कार्यक्रममा बैंकका कर्णाली  प्रदेश सर्केगाड शाखाका शाखा प्रमुखलगायत अन्य कर्मचारी तथा टोलका समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो । वितरित खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, तेल‚ पीठो र अन्य सामाग्री एवं लत्ता कपडासहित कुकर, डाडुलगायत सामग्री रहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघिदेखि नै देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोग गर्दै आएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ प्राप्त गर्न सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमा “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० ओटा शाखा, १६७ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ इकाइहरूबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।