साउन ६ देखि ३४.७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स

Share News

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको आधारमा ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७ दशमलव ७६ कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ २९ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन पाउने व्यवस्था छ ।

हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यस कम्पनीले यसअघि १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको आधारमा ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

७६औं वार्षिक साधारण सभाबाट सोही पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाले १५ प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजीको आधारमा ३४ दशमलव ३४ दशमलव ७८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागिएको हो ।

हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ कायम हुनेछ ।

हकप्रदपछि कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम कायम हुनेछ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।