काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो ।
यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।