काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको 'लक-इन' साउन २३ गतेपछि सकिने भएको छ ।
कम्पनीको संस्थापकतर्फको २१ लाख कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको १ लाख ७ हजार ९४० कित्ता र कर्मचारीतर्फको १४ हजार ४२१ कित्ता शेयरको 'लक-इन' साउन २३ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्ष अवधिसम्मका लागि 'लक-इन'मा थियो ।
कम्पनीले सर्वसाधारणमा २०७९ साउन २४ गते आईपीओ बाँडफाँट गरेको थियो ।
साउन २३ गते 'लक-इन' अवधि सकिएपछि यी शेयर कारोबारयोग्य हुनेछन् ।
सञ्चालक र उच्च व्यवस्थापनमा रहेर काम गरिरहेका कर्मचारीबाहेक अरुले आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।