काठमाडौं । एभरेष्ट बैंकले महोत्तरीको बर्दिबास नगरपालिका–१ मा आफ्नो १३३औं शाखा सञ्चालनमा ल्याएको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकको छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा उद्घाटित सो कार्यक्रममा बर्दिबास नगरपालिका–१ अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।