काठमाडौं । फर्मुला वान टिम ‘एस्टन मार्टिन अराम्को’ले रियलमीसँग दीर्घकालीन लाइसेन्स सम्झौता गरेको छ । सो सहकार्यअन्तर्गत पहिलो पटक दुई ब्रान्डको संयुक्त पहिचान बोकेको मोबाइल फोन ‘रियलमी जीटी ७–ड्रीम एडिसन’ २७ मे मा सार्वजनिक गरिएको थियो ।
रियलमीको फ्ल्यागशिप सिरिजअन्तर्गत पर्ने यो नयाँ फोनमा अत्याधुनिक प्रविधि र आकर्षक डिजाइन रहेको बताइएको छ, जसमा एस्टन मार्टिन अराम्कोको लोगो पनि समावेश गरिएको छ । यसले पर्फर्मेन्स र ब्युटिफिकेसनको सन्तुलन प्रस्तुत गर्ने लक्ष्य राखिएको कम्पनीको भनाइ छ ।
सहकार्यअनुसार, एस्टन मार्टिन अराम्को र रियलमीले प्रत्येक वर्ष दुईओटा संयुक्त मोबाइल मोडेल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् । ती मोबाइलमा अल्ट्रा पर्फर्मेन्स र विशिष्ट डिजाइन विशेषता हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।