सरकार–निजीक्षेत्र सम्बन्ध विस्तारमा महत्त्वपूर्ण  

घनश्याम उपाध्याय, अर्थ सचिव

nullअर्थतन्त्रमा देखिएका चुनौती र अवसर केलाउँदै राज्यको नीति निर्माणमा समेत सघाउ पुग्नेगरी न्यू बिजनेश एजले गरेको कार्यक्रम प्रभावकारी लाग्यो । खासगरी सरकारले लिएको नीति र निजी क्षेत्रबीचको सम्बन्धलाई जोड्न यस खालको कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ । हामी मुलुकभित्र सम्भावना देखाउन र लगानीका लागि वातावरण सृजना गर्न लागिरहेका छौं । हाम्रा नीतिहरू लगानीमैत्री बन्दै गइरहेका छन् ।  सरकारका नीतिहरूलाई आम उद्योगी–व्यवसायी, सरोकारवालासम्म पुर्याउनसमेत यसखाले कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । 

नीति निर्माणका लागि सहयोग हुनेछ  

विकास देवकोटा, स्वास्थ्य सचिव

nullन्यू बिजनेश एजले गरेको कार्यक्रम प्रभावकारी लाग्यो । यस्ता खाले कार्यक्रमले आम उद्योगी, व्यवसायी, निजी क्षेत्रलाई अघि बढ्न मद्दत पुर्याउँछ । प्यानल छलफलमा जुन मुद्दाहरू उठे, कतिपय ती मुद्दाहरू नीति निर्माणका लागि सहयोगी हुनेछन् । यो कार्यक्रम आगामी वर्षमा पनि नियमित हुनुपर्छ । उद्योग व्यवसाय र समग्र अर्थतन्त्रकै दिगो विकास, विस्तार र स्थायित्वका लागि सरकार र सम्बद्ध निकायहरूलाई मार्गदर्शन दिन समेत यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण हुन्छन् । सञ्चारगृहले समेत यो दायित्व र भूमिकालाई आत्मसात् गरेर कार्यक्रम गर्नु आफैमा सराहनीय कार्य हो ।

सम्मान ग्रहण गर्न पाउनु गर्वको विषय

सुशान्त चाचान (निर्देशक, चाचान समूह)

nullयस वर्षको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड इन बिजनेश लिडरशीप’बाट बाबुलाल चाचान सम्मानित हुनुभएको छ । जसको हात समातेर इतिहासदेखि व्यवसायका कुरा सिकेर अहिले समूहकै निर्देशक भएको छु, उहाँले पाएको अवार्ड तथा सम्मान ग्रहण गर्दा मैले निकै गर्व महसूस गरेको छु । उहाँको हरेक जीवनशैली निकै अनुकरणीय छ । मेरो बाल्यकाल पनि उहाँसँगै बित्यो । मेरो हजुरबुबाको सरल जीवनशैली, जहिले पनि हँसिलो मुहार र शान्त स्वभावले सधैं नै प्रभावित पारिरहन्छ । उहाँको जीवन भोगाइ, व्यवसाय गर्दाका सफलता र कठिनाइको साक्षी पनि छु । उहाँसँगै व्यवसायका विषय सिकेर नै म अहिले व्यवसायमा लागिरहेको छु । उहाँको लिगेसीलाई सदैव मानका साथ जोगाइ राख्नु हाम्रो जिम्मेवारी र कर्तव्य पनि हो ।

फरक क्षेत्रका निर्णायक राखिनु सकारात्मक

लीलामणि न्यौपाने (प्रमुख कार्यकारी अधिकृत, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड)

nullहामीले गरेको मेहनतले फल पाएको छ । धेरैतिरबाट शुभकामना तथा बधाइ आइरहेको छ । न्यू बिजनेश एज लिमिटेडले राम्रो जुरी समूह राखेर मूल्यांकन गरेको छ । पब्लिक लिमिटेड कम्पनी भएको हुनाले सर्वसाधारणलाई सन्तुष्ट राखेर काम गर्ने नै हो । यो कम्पनीमा म प्रमुख कार्यकारी भएको २ कार्यकाल भयो । सन् २०१९ मा पनि ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द इयर’ अवार्ड पाएका थियौं । जुरी समूहमा नियामक निकाय नेपाल राष्ट्र बैंकका अधिकारी हुँदा थप खुशी मिलेको छ । समग्रमा कार्यक्रम निकै राम्रो लागेको छ । सन् २०१९ मा आयोजना गरिएको कार्यक्रमभन्दा अहिले सन् २०२५ को फरक पाएँ । किनभने त्यतिबेला निर्णायक एकै क्षेत्रका थिए । अहिले भने फरक–फरक क्षेत्रका छुट्टाछुट्टै निर्णायक राखेर छनोट गरिएको रहेछ । 

कर्पोरेट क्षेत्रलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण कार्यक्रम 

सुदेश खालिङ (प्रमुख कार्यकारी अधिकृत, एभरेष्ट बैंक)

nullन्यूबिज बिजनेश कन्क्लेभ एण्ड बिजनेश एक्सिलेन्स अवार्ड कर्पोरेट क्षेत्रलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण कार्यक्रम हो । कार्यक्रमअन्तर्गत भएको प्यानल छलफल समसामयिक विषयमा बहस गर्ने अवसर जुरेको छ । आर्थिक क्षेत्रको पुनःसंरचनाको विषमा बहस भइरहेका बेला यही विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरू जुटाएर महत्त्वपूर्ण छलफल भएको छ । कार्यक्रम अन्तर्गत विभिन्न विधाका कम्पनीहरूलाई अवार्ड प्रदान गरिएको छ । यो कर्पोरेट क्षेत्रका कम्पनीहरूलाई प्रोत्साहन गर्ने अवसर पनि हो । विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू सम्मानित भएका छन् । यही अवसरमा हामी पनि बेस्ट कमर्सियल बैंकका रूपमा सम्मानित भएका छौं । यसलाई हामीले प्रदान गर्दै आएको उत्कृष्ट र सर्वसुलभ बैंकिङ सेवाको सम्मानका रूपमा लिएका छौं । 

अवार्ड पारदर्शी र व्यवस्थित 

प्रद्युमन पोखरेल  (प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक)

nullन्यूबिज बिजनेश कन्क्लेभ एण्ड बिजनेश एक्सिलेन्स अवार्ड अन्तर्गत ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड प्राप्त गर्दा हामीले गौरवान्वित महसूस गरेका छौं । छाताले वर्षा रोक्न सक्दैन, तर यसले हामीलाई वर्षामा उभिन मद्दत गर्छ भन्ने प्रसिद्ध भनाइजस्तै, यस अवार्ड छनोटका लागि स्पष्टरूपमा निर्धारित मापदण्डको आधारमा प्रदान गरिएको यो पुरस्कारले चुनौती र अवसरहरूले भरिएको आर्थिक वातावरणमा सफलतापूर्वक अगाडि बढ्न हौसला मिलेको छ । हामीले गर्दै आएको जिम्मेवार बैंकिङ, सामुदायिक सशक्तीकरण र दीर्घकालीन मूल्य सृजना जस्ता असल व्यावसायिक अभ्यासहरू अपनाउने महत्त्वलाई अझ बढावा दिएको छ । अघिल्ला वर्षहरूमा हरेक विधामा तीनओटा कम्पनीलाई अवार्ड दिने गरे पनि यसपटक एकमात्र कम्पनीलाई दिँदा अझ व्यवस्थित भयो । कार्यक्रममा नै मूल्यांकनका आधारहरू प्रस्तुत गरिएकाले यसले अवार्डलाई थप पारदर्शी र व्यवस्थित बनाएको छ । 

अवार्डका लागि जुरी टिम छनोट प्रशंसनीय छ  

सुरेशप्रसाद खत्री (प्रमुख कार्यकारी अधिकृत, नेशनल लाईफ इन्स्योरेन्स) 

nullअवार्ड कार्यक्रममा निमन्त्रणा पाए पनि हाम्रो कम्पनीले अवार्ड पाउँदै छ भन्ने मलाई थाहा थिएन । निकै राम्रो कार्यक्रमबीच कम्पनीले बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनीको अवार्ड पाउँदा निकै हर्षित छु । अवार्ड कार्यक्रमका लागि आयोजक संस्थाले छनोट गरेको जुरी टिम देख्दा निकै खुशी लाग्यो । वित्तीय क्षेत्रका अनुभवी एवं जानकार व्यक्तित्वहरू जुरी मेम्बर भएको अवार्ड कार्यक्रमबाट आफ्नो कम्पनीले अवार्ड पाउँदा निकै भाग्यमानी ठानेको छु । न्यू बिजनेश एजले अवार्ड कार्यक्रमका लागि छनोट गरेको जुरी टिम निकै प्रसंसनीय छ । यस प्रकारको जुरी छनोट प्रक्रियाले समग्र अवार्ड कार्यक्रमको विश्वसनीयता कायम रहन्छ । यस किसिमको प्रक्रियाबाट अवार्डका लागि छनोट हुने कम्पनी मात्र होइन, सो कम्पनीसँग जोडिएको क्षेत्रलाई नै फाइदा पुग्नेछ ।

अवार्डले जिम्मेवारी थपेको छ 

चंकी क्षेत्री  (प्रमुख कार्यकारी अधिकृत, सगरमाथा लुम्बिनी इन्स्योरेन्स)

null सर्वप्रथम विभिन्न मापदण्ड निर्धारण गरी हाम्रो कम्पनीलाई बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्सबाट सम्मानित गरिएकोमा आयोजक संस्था न्यू बिजनेश एजलाई धन्यवाद । अवार्ड भनेको सम्मानसँगै आगामी दिनका लागि थप जिम्मेवारी पनि हो । मलाई यो अवार्ड प्राप्त गरेसँगै आगामी दिनमा थप जिम्मेवार बन्ने हौसला मिलेको छ । म जस्तै अरु कम्पनीहरूलाई पनि हौसला मिल्ने गरी आगामी दिनमा यो कार्यक्रमले निरन्तरता पाओस् । अवार्ड कार्यक्रमका सम्बन्धमा आलोचना पनि हुने गरेका छन् । न्यू बिजनेश एजले आलोचनाका लागि कुनै ठाउँ नै नहुने गरी सबै क्षेत्रका विज्ञहरूलाई जुरी मेम्बरका रूपमा छनोट गरी यो कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । यो अरु अवार्ड कार्यक्रम आयोजना गर्ने संस्थालाई पनि पाठ हुने अपेक्षा गरेको छु । 

अघि बढ्न थप प्रेरणा मिल्नेछ  

निशान अधिकारी (ब्रान्ड एन्ड मार्केटिङ लिड, इ–सेवा)

nullआईटी क्षेत्रमा हामी १६ वर्षदेखि लागिरहँदा यसरी हाम्रो मूल्यांकन खासै भएको थिएन । तर, न्यू बिजनेश एजले हाम्रो मूल्यांकन गरेको छ । यो एकदमै खुशीको कुरा हो । नेपालमा अहिले आईटी क्षेत्र फैलँदो अवस्थामा छ । अहिलेको अवस्थामा कसरी व्यवसायलाई अगाडि बढाउने भन्ने विषयमा भरपुर छलफल हुनुपर्छ । इनोभेसनसहित गुणस्तरीय सेवा प्रवाहमा पनि लाग्न सके व्यवसायका साथै आर्थिक समृद्धि पनि हासिल गर्न समस्या हुँदैन । हामी त्यही सोचले नै अघि बढेका थियौं । आशा अनि भरोसा जगाउने गरी गरेको यो कार्यक्रम गरेकोमा न्यू बिजनेश एजलाई धेरै धन्यवाद । आगामी दिनमा अघि बढ्न थप प्रेरणा मिल्नेछ ।

सञ्चारगृहले यस्ता कार्यक्रम गर्नु सराहनीय

महेशकुमार गोर्खाली (डाइरेक्टर मार्केटिङ, नेपाल फर्मास्युटिकल्स ल्याबोरेटरी प्रालि)

nullकर्पाेरेट क्षेत्रका लागि यस्ता कार्यक्रम उत्साहप्रद नै हुन्छन् । त्यसमा पनि न्यू बिजनेश एज लिमिटेडले महिला उद्यमी, स्टार्टअप जस्ता क्षेत्रमा यस्ता कार्यक्रम गर्दै आएको छ । सञ्चारगृहले कर्पाेरेट क्षेत्रसम्बन्धी यस्तो कार्यक्रम आयोजना गर्नु सराहनीय हो । कम्पनीले दिने विभिन्न विधामा हामीलाई उत्पादनमूलक क्षेत्र भनेर बेष्ट म्यानेज्ड कम्पनी अवार्ड दिइएको हो । अवार्डको जुरी समूहको छनोटमा हाम्रो औषधि समूह पर्यो । यसले गर्दा पनि हामी खुशी छौं । हामी ४ दशकदेखि नेपाली औषधि क्षेत्रमा निरन्तर काम गर्दै आएको पुरानो कम्पनी हौं । २०४२ मा हामीले कम्पनी स्थापना गरेका थियौं । कम्पनीका प्रडक्ट बजारीकरण गरेको ३८ वर्ष भयो । कति आयातमुखी मात्रै हुने, केही हदसम्म भए पनि औषधिमा आत्मनिर्भर हुनुपर्छ भनेर हामी औषधि उद्योगमा आएका हौं । हामी आएपछि भने धेरै उद्योगहरू आए । यो क्षेत्रमा हामीले पायोनियरको भूमिका निर्वाह गरेकाले अवार्ड पाउन सफल भएको ठानेका छौं । 

सेवा विस्तार गर्न थप उत्साह मिलेको छ  

ब्रजेशकुमार झा (विभागीय प्रबन्धक, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड)

nullसाल्ट ट्रेडिङ कर्पोरेशन आफ्नो उद्देश्यअनुसार जनतालाई सुपथ र सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तुहरूको उपलब्धतालाई निरन्तरता दिइरहेको संस्था हो । यो कर्पाेरेशन अप्ठ्यारो परिस्थितिमा पनि आम उपभोक्तालाई सहज रूपमा सेवा दिन व्यापार विविधीकरणसहित सक्रिय भइरहेको छ । कर्पाेरेशनले नून, चिनी मात्रै नभई कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्याइरहेको छ । हामी अनुदानित मलमा मात्रै सीमित नभई गैरअनुदानित मल पनि आयात गरी विक्रीवितरण गरिरहेका छौं । उपभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन हेटौंडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्तासमक्ष पुर्याइरहेका छौं । यसरी निरन्तर काम गरिरहेको सरकारको महत्त्वपूर्ण संस्थालाई न्यू बिजनेश एजले सम्मान गरेको छ । आगामी दिनमा सेवा विस्तार गर्नमा यसले थप उत्साह मिलेको छ । 

व्यवसायमा लाग्ने र लागिरहेकालाई प्रोत्साहन

केशव अर्याल (लेखा, मानव संसाधन तथा प्रशासन प्रमुख, गोदावरी स्टील लिमिटेड)

nullहामी कार्यक्रम शुरू भइसकेपछि मात्रै आयौं । हामीसँग समय पनि भएन । आयोजकले हाम्रो कम्पनीको विषयमा जानकारी गराउँदा सबै विषय ध्यान दिएको पाइएन । हाम्रो पनि गल्ती होला, यसलाई नकार्न सकिँदैन । ससाना त्रुटि भएका थिए । किनभने कार्यक्रममा ‘सपोर्टेड बाई’ भनेर हाम्रो कम्पनी गोदावरी स्टील लिमिटेडको सबै नाम भनिएन । बाँकी कार्यक्रम समग्रमा राम्रो थियो । कर्पाेरेट लेभलको कार्यक्रम भएकाले व्यवसायमा लाग्ने र लागिरहेकालाई यसले प्रोत्साहन र प्रेरणा त दिनेछ ।

कर्पोरेट क्षेत्रमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुन्छ 

देवेन्द्ररमण खनाल  (प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक) 

nullन्यू बिजनेश एज प्रालिको आयोजनामा भएको ९ औं न्यूबिज बिजनेश कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् कार्यक्रम भव्य रूपमा सम्पन्न भएको पाएको छु । यसका लागि सर्वप्रथमक आयोजकलाई बधाई तथा आगामी दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताका लागि समेत शुभकामना दिन चाहन्छु । कर्पोरेट क्षेत्रमा यस्ता कार्यक्रमको धेरै महत्त्व हुन्छ । एक त हाम्रा लागि यो आफ्नो नेटवकर्किङ बढाउनका लागि ठूलो अवसर हो । विभिन्न क्षेत्रका व्यक्तिहरूलाई एकै ठाउँमा भेटेर सम्बन्ध विस्तार गर्न सकिन्छ । यसैगरी कार्यक्रममा भएको प्यानल छलफल समयसामयिक विषयमा बहस सृजना गर्ने अवसर भएको छ ।  

भव्य र व्यवस्थित कार्यक्रम

सुरेन्द्रराज रेग्मी (प्रमुख कार्यकारी अधिकृत, ग्लोबल आइएमई बैंक)

nullपछिल्लो समय वित्तीय संस्थाहरूले डिजिटल बैंकिङका लागि ठूलो लगानी गरेका छन् । कोभिड–१९ को महामारीपछि सर्वसाधारणमा पनि डिजिटल बैंकिङको एडप्टेसन राम्रो छ । सोही कारण हामीले पनि हाम्रा सेवा सुविधाहरू प्रविधिमैत्री बनाउने काम गरिरहेका छौं । यसका लागि हामीले लगानी पनि गरिरहेका छौं । विद्युतीय कारोबारमा हामीले गर्दै आएको कामको न्यूबिज बिजनेश कन्क्लेभ एण्ड बिजनेश एक्सिलेन्स अवार्डबाट मूल्यांकन भएको महसूस पनि गरेका छौं । अवार्ड व्यवस्थित र पारदर्शी रूपमा छनोट भएको हामीले पाएका छौं । अवार्डको छनोटका आधारहरू पनि कार्यक्रममा नै प्रस्तुत गरिएको थियो । 

कर्पोरेट क्षेत्रमा नेटवर्किङका लागि उपयुक्त

अमन बलामी (प्रमुख कार्यकारी अधिकृत, एस्युरेन्स इन्कर्पोरेसन)

nullन्यूबिज बिजनेश कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड कर्पोरेट क्षेत्रका लागि ठूलो कार्यक्रम हो । कार्यक्रममा अर्थतन्त्रका विषयवस्तुहरूको छलफल र विभिन्न विधाका कम्पनीहरूलाई अवार्डबाट सम्मानित गरिएको छ । कुनै क्षेत्रमा पनि काम गर्ने कम्पनीहरूलाई आफ्नो कामको मूल्यांकन हुँदा खुशी नै लाग्छ । यसले अझ उत्कृष्ट काम गर्नका लागि समेत उत्साह प्रदान गर्छ । कार्यक्रमको अर्को पाटो भनेको व्यावसायिक क्षेत्रका दिग्गज व्यक्तिहरूसँगको नेटवर्किङको अवसर हो । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका उच्च व्यवस्थापनका व्यक्तिहरूको सहभागिता रहेकाले नेटवर्किङ गर्नका लागि समेत उपयोग भएको छ । समग्रमा कार्यक्रम एकदमै भव्य तथा उत्कृष्ट भयो । कार्यक्रममा सहभागितादेखि प्यानल छलफल र अवार्ड वितरणसम्मको कार्यक्रम राम्रो र व्यवस्थित रूपमा सम्पन्न भएको छ । यसका लागि आयोजक न्यू बिजनेश एजलाई बधाई दिन चाहन्छु । हामी पनि कार्यक्रमको सहयोगी भूमिकामा थियौं । कार्यक्रमको एउटा हिस्सेदारका रूपमा हामीले पनि कार्यक्रम सफल हुनुमा गौरव महसूस गरेका छौं । 

कम्पनीहरूलाई अघि बढ्न प्रोत्साहन 

सुजनकृष्ण प्रधान (बिजनेश डेभलपमेन्ट एण्ड मार्केटिङ हेड, सुबिसु इन्टरनेट)

nullन्यू बिजनेश एजले उत्कृष्ट कम्पनीहरूलाई सम्मान मात्रै नभई प्यानल डिस्कसन समेत गरेको छ । अति नै महŒवपूर्ण विषयमा इन्डस्ट्रीका व्यक्तिहरूलाई ल्याएर गरिएको प्यानल छलफल राम्रो लाग्यो । सबै जनाले के गर्दा इन्डस्ट्रीको ग्रोथ हुन्छ र यसले समग्रमा देश विकास गर्छ भन्नेमा केन्द्रित हुनुभयो । केही सिक्ने मौका पाइयो । अवार्डतिरको पाटो हेर्दा निष्पक्ष ढंगले कम्पनीहरूलाई अघि बढ्न प्रोत्साहन गर्नेगरी जसरी गरिएको छ । त्यो एकदमै राम्रो लाग्यो । 

प्यानल छलफलमा उठेका प्रसंगहरूले मन छोयो

सलिना नकर्मी (मार्केटिङ प्रमुख, फोन पे)

nullन्यू बिजनेश एजले गरेको कार्यक्रमको फोन पे स्पन्सर पनि थियो । कार्यक्रममा जुन तहको सहभागी, दर्शकहरू हुनुहुन्थ्यो, एकदम राम्रो प्रोफाइलका हुनुहुन्थ्यो । फोन पेले जुन अडियन्सलाई टार्गेट गरेको थियो  सोही अडियन्स कार्यक्रममा पायो । खुसी लाग्यो । म स्पन्सरको हिसाबले कुरा गर्दा टिभिसी कुन समयमा बज्छ भनेर चासो देखाएकी थिएँ । एकदम समयमै बज्यो । सबै कुर्सीमा बसेकै बेलामा बज्दा त्यसबाट हामी पनि खुसी भयौं । प्यानल छलफलमा उठेका कतिपय प्रसंगहरूले मन छोयो । खासगरी एनसेलका सीइओको कुराकानी निकै राम्रो लाग्यो ।

अवार्ड कार्यक्रम अलि छोटो बनाउनु उपयुक्त

सचिन्द्र ढुङ्गाना (उपप्रमुख कार्यकारी अधिकृत, एनआईबिएल एस क्यापिटल लिमिटेड)

nullसमग्रमा कार्यक्रम एकदम राम्रो थियो । कार्यक्रममा कर्पोरेट सेक्टरका मानिसको जुन प्रकारको सहभागित थियो निकै उत्साहजनक देखिन्थ्यो । तर, कार्यक्रमको समय अलि लामो भए जस्तो लाग्यो । कार्यक्रमको तालिकामा आगामी दिनमा प्यानल डिस्कसन हटाउन सके छोटो र प्रभावकारी हुने थियो । अवार्ड कार्यक्रममा सहभागीहरू छनोट गर्ने प्रक्रियाका विषयमा थोरै समय दिएर सहभागीहरूलाई जानकारी गराउन पाएको भए निकै उत्तम हुने थियो । अवार्डका लागि छनोट भएका कम्पनीहरू आफै सहभागी हुन आएका हुन् कि आयोजकले आफै सहभागी गराएको हो भन्नेमा पनि अन्योल देखियो । आगामी दिनमा यी कुरालाई प्रस्ट्याउने गरी आयोजक संस्थाले कार्यक्रमको तालिका निर्धारण गरे अझ प्रभावकारी हुने थियो । 

आगामी दिनमा दूरदराजका साना कम्पनीलाई समेट्न सकोस् 

राजेन्द्र मल्ल (अध्यक्ष, नेपाल निर्जीवन बीमा व्यवसायी संघ)

nullन्यू बिजनेश एजले विगत लामो समयदेखि गर्दै आएको यस प्रकारको अवार्ड कार्यक्रमले शहरी क्षेत्रका ठूला कम्पनीलाई निकै उत्साहित गर्ने काम गरेको छ । यसलाई हामी व्यवसायीहरूले निकै प्रभावकारी ठानेका छौं । यस्ता अवार्ड कार्यक्रमले शहरका ठूला कम्पनी मात्र होइन, गाउँका दूरदराजमा सेवा पुर्याइ रहेका व्यक्ति तथा संस्थालाई खोज्न सहयोग गरोस् । हरेक पटक शहरकेन्द्रित अवार्ड कार्यक्रमले यस क्षेत्रका कम्पनीहरूमा मात्र अवार्ड दोहोरिरहने सम्भावना भएकाले देशका कुना कुनामा पुगेर देशको अर्थतन्त्रलाई सहयोग गरिरहेका उद्यमी व्यवसायी तथा व्यक्तिलाई अघि ल्याउने गरी न्यू बिजनेश एजले काम गर्नुपर्छ । देशको अर्थतन्त्रमा साना तथा सम्झौता कम्पनीहरूको ९० प्रतिशत र ठूला कम्पनीको १० प्रतिशत मात्र योगदान रहेकाले साना तथा मझौला कम्पनीहरूको योगदानलाई कदर हुने गरी आगामी दिनमा अवार्ड कार्यक्रमको आयोजना गर्न सुझाव दिन चाहन्छु ।

यस्ता कार्यक्रमको निरन्तरता आवश्यक छ

भोला विक्रम थापा (अध्यक्ष, ग्रिन भ्याली रिसोर्ट)

nullकार्यक्रम समग्रमा सन्तुलित, व्यवस्थित एवं उद्देश्यपूर्ण नै देखियो । न्यू बिजनेश एज लिमिटेडले विभिन्न समयमा यस्ता कार्यक्रम गर्दै आएको छ, जुन आर्थिक तथा व्यावसायिक क्षेत्रका लागि सकारात्मक पक्ष हो । उद्यम व्यवसायको क्षेत्रमा लाग्नेहरूलाई यसले थप प्रेरणा, प्रोत्साहन मिल्छ । आफ्नो व्यावसायिक संस्थालाई सबल, सुदृढ र व्यवस्थित बनाउन यसले मार्गदर्शन पनि प्रदान गर्छ । अवार्ड कार्यक्रममा अवार्ड मात्रै वितरण नभई एउटा महत्त्वपूर्ण थिममा केन्द्रित सामूहिक छलफल भयो । यो एकदमै सान्दर्भिक रह्यो । यस्तो छलफलले नीति निर्माता तथा सरोकारवाला निकायलाई आवश्यक सुधारका लागि झक्झकाउँछ । फरक–फरक व्यक्तिका फरकफरक सोच, भोगाइ पनि जान्न पाइने भएकाले कार्यक्रम प्रभावकारी रहेको छ । महत्त्वपूर्ण हुँदाहुँदै पनि यस्ता कतिपय कार्यक्रमले निरन्तरता पाउन सकेका हुँदैनन् । तर आयोजक संस्थालाई यसलाई निरन्तर गर्दै आएको छ । आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गर्छु ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।