एससीटीले ल्यायो ‘स्मार्ट जुलाई’ अफर

Share News

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताका लागि ‘स्मार्ट जुलाई’ अफर ल्याएको छ ।  

जुलाई १ देखि शुरू भएको यस अफरअन्तर्गत ग्राहकले बिगमार्टमा एससीटी–यूपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत अथवा अधिकतम रु. १०० हुने गरी छूट प्राप्त गर्ने बताइएको छ । यो छूट पाउन एससीटी–यूपीआई कार्ड प्रयोग गरी पोस मेसिनमार्फत नै भुक्तानी गर्नु पर्ने बताइएको छ । यो अफर जुलाई ३१ सम्म बिगमार्टका सम्पूर्ण शाखामा लागू हुने बताइएको छ ।

एससीटीले यसअघि बिगमार्टमै ‘एससीटी स्मार्ट वेनस्डे’ अफर दिँदै आएको थियो, सो अफर अगस्टको पहिलो बुधवारदेखि पूर्ण सुचारु हुने बताइएको छ । यो छूट एससीटीका सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताले पाउनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।