काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गते (आज) देखि ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई निष्कासन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्री गर्न लागेको हो । कुल इकाईमध्ये १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १ करोड ६२ लाख यकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरिएको हो ।
यी इकाई खरीदका लागि न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ। योजनाको इकाई निष्कासन अवधि छिटोमा असार २५ गतेसम्म तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा ढिलोमा साउन ४ गतेसम्म निष्कासन हुनेछ । इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। इकाई खरीदका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।