हिमालयन बैंकले पायो एफपीओ निष्कासनको अनुमति

Share News

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न असार २२ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत ५७ रुपैयाँ थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा उल्लेखित कित्ता एफपीओ निष्कासनका लागि बोर्डबाट अनुमति पाएको हो ।

यो एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीको हाल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ८०० रुपैयाँ छ । आइतवार यस कम्पनीको अन्तिम शेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ ४ पैसा कायम छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।