काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । नेप्सेले ब्रोकर नम्बर २०, सिप्ला सेक्युरिटिज प्रालिलाई तीन दिनका लागि निलम्बन गरेको हो । धितोपत्र राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले असार १९ गते पठाएको पत्रका आधारमा तोकिएको समयभित्र उक्त ब्रोकर कम्पनीले राफसाफ तथा पछ्यौट् नगरेको नेप्सेको भनाई छ ।
असार २३ गतेदेखि लागू हुने गरी तीन दिनका लागि धितोपत्र कारोबार गर्न नपाउने गरी निलम्बन गरिएको नेप्सेले जानकारी दिएको छ । यो व्यवस्थाबाट ब्रोकर नम्बर २० का सेवाग्राहीहरुले तीन दिन कारोबार गर्नबाट बञ्चित हुनेछन् । नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ को उपविनियम १ (छ) बमोजिम उक्त ब्रोकर कम्पनीलाई निलम्बन गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।