काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दा विक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो ।
जेठ ११ गतेदेखि २० गतेसम्म उल्लेखित कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गर्दा सर्वसाधारण तर्फको ९३ हजार ६२९ कित्ता शेयर भने फेरी पनि विक्री नभएको हो । यो शेयर कम्पनीले असार २४ गतेदेखि पुनः लिलामीमा विक्री खुला गर्ने भएको हो । इच्छुक खरीदकर्ताहरुले असार ३२ गतेसम्म यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् ।
यस कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँका आधारमा सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।