काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइनआगामी साउन २९ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको १५ लाख २५ हजार कित्ता र कर्मचारीतर्फको १२ हजार ५०० कित्ता शेयरको लकइन आगामी साउन २९ गतेपछि सकिने भएको हो ।
यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि तीन वर्षका लागि लकइनमा रहेको थियो । भदौ १ गतेदेखि यी शेयर कारोबारयोग्य हुनेछन् । कम्पनीका सञ्चालक समितिको पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीहरुले भने अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म खरीद शेयर विक्री गर्न पाउनेछैनन् ।
यस कम्पनीले सर्वसाधारणमा २०७९ साल साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरी २०७९ साल साउन ३० गते बाँडफाँट गरेको थियो । पछिल्लो समय शेयरको लकइन समाप्त हुनु एक महिना अघिनै सार्वजनिक सूचनामार्फत शेयरधनीहरुलाई जानकारी दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था कार्यान्वयन गर्दै कम्पनीले असार २३ गते सूचना जारी गरेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।