काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । असार २२ गतेदेखि लागू हुने गरी कम्पनीले क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै असार २२ गते कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने लगायतका कार्य क्यापिटलबाट हुनेछ ।
क्यापिटलको कार्यालय बागदरबार, काठमाडौंमा रहेको छ । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो ।
यस कम्पनीले सर्वसाधारणमा २०८० असार २२ गते आईपीओ बाँडफाँट गरेको थियो । कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँटको काम भने विक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल लिमिटेडले पूरा गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।