सफारी खरीदमा फरवार्डको सहयोग

Share News

काठमाडौं । गरीब तथा विपन्न समुदायमा काम गर्दै आएको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारलाई लक्षित गरी सहुलियत ब्याजदरमा सिटी सफारी (रिक्सा) उपलब्ध गराएको छ । संस्थाको खनार शाखा सुनसरीले विपन्न परिवारका १० जनालाई सिटी सफारी उपलब्ध गराएको हो । 

ज्याला मजदूरी गरी हातमुख जोर्न समस्या रहेका, दैनिक रूपमा समेत काम नपाउने, एकजनाको कमाईले परिवार चलाउने बाध्यता रहेका आर्थिक रूपमा कमजोर युवालाई लक्षित गरी सहुलियत ब्याजदरमा तिर्ने गरी सफारी उपलब्ध गराएको बताइएको छ । प्रतिसफारी रु. २ लाख ६५ हजारमा खरीद गरी आवश्यक तालीमपश्चात् उनीहरूलाई सफारी हस्तान्तरण गरिएको हो । संस्थाका कर्जा विभाग प्रमुख बचनकुमार चौधरी र शाखा प्रमुख सिमलाकुमारी चौधरीले संयुक्त रूपमा सफारी हस्तान्तरण गरेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।