काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर असार २३ गतेदेखि लिलामीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ अंकित मूल्यमा यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थामा विक्री खुला गरेको हो । यी शेयर बाँडफाँटमा पहिलो प्राथमिकता संस्थापकहरूलाई दिइने जानकारी कम्पनीले दिएको छ ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असार ३० गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।