प्रत्यक्ष विदेशी लगानी आप्रवाह ३४.७ प्रतिशतले वृद्धि भएको अनुमान

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । चालू आर्थिक वर्षमा ११ महीनामा नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आप्रवाह ३४.७ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलवार (आज) सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महीनाको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत जेठसम्ममा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष लगानी इक्विटी मात्र आप्रवाह भएको अनुमान छ । 

गत आर्थिक वर्षको यसै अवधिमा ८ अर्ब २४ करोड रुपैयाँ प्रत्यक्ष लगानी आप्रवाह भएको संशोधित अनुमान छ । गत आर्थिक वर्षको यसै अवधिमा भने उक्त लगानी २३.६ प्रतिशतले वृद्धि भएको थियो । 

एफडीआई वृद्धि हुनु नेपालको अर्थतन्त्रप्रति विदेशी लगानीकर्ताको आकर्षण बढेको संकेत हो । 

लगानीमैत्री नीतिहरू र पूर्वाधार विकासका पहलहरूले प्रत्यक्ष विदेशी लगानीमा सकारात्मक असर पारेको जानकारहरूको भनाइ छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।