पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

तस्वीर सौजन्य : सामाजिक सञ्जाल ।

Share News

ढोरपाटन । पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलवार साँझदेखि परेको भीषण वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्णतः अवरुद्ध भएको हो । 
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए । केही स्थानमा सडक भासिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।