ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरीद गर्ने अवधि लम्बियो

Share News

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्कासनमा ल्याएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ । योजनाको इकाई खरीदका लागि छिटो अवधि असार २५ गतेभित्र माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधि साउन ४ गतेसम्म निष्कासन गर्न लागिएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो । कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १ दशमलव ५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३  दशमलव ५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

उक्त योजनमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।