काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद शेयर असार २५ गते (आजदेखि) निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । ४२ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४२ प्रतिशतले हुने १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।