रसुवा बाढी : नेपाली र चिनियाँ गरी १४ कामदार बेपत्ता‚ सुक्खा बन्दरगाहमा ठूलो क्षति

Share News

काठमाडौँ । सोमवार राति आएको बाढीले ८ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार बेपत्ता बनाएको छ भने टिमुरेस्थित सुक्खा बन्दरगाहमा ठूलो क्षति भएको छ । 

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले नेपाली र चिनियाँ गरी १४ जना कामदार बाढीमा बेपत्ता भएको जानकारी दिए । उनले कुल निर्माण कार्यको ६० प्रतिशत बाढीले क्षति गरेको बताए । उनले सुक्खा बन्दरगाको मुख्य भवनबाहेक कतिपय पूर्वाधार पूरै बगाएको र कतिपय पूर्वाधार बाढीले क्षति गरेको बताए ।

उनका अनुसार बन्दरगाहको ४ सय मीटर रिटेनिङ वाल र बेचिङ्ग प्लान्ट पूरा बगाएको; लिटिगेसन सेड‚ वेयरहाउस‚ इन्स्पेक्सन सेड‚ ट्वाइलेट ब्लक र प्रवेशमार्गतिरको रिटेनिङ्ग वालमा क्षति पुगेको छ । बाढीले गोदामको जग पूरै बगाएको छ भने सम्पूर्ण पार्किङ्ग क्षेत्रमा क्षति हुनुका साथै गिटी र बालुवाले भरिएको छ । बन्दरगाहबाट बाहिरिने मार्ग सुरक्षित रहेको भए पनि पार्किङ यार्ड फेसिलिटि र रिटेनिङ वालमा पूरै क्षति भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।