काठमाडौँ । सोमवार र मंगलवारको वर्षापछिको बाढीपहिरोले देशभरका प्रमुख १० ओटा राजमार्ग पूर्ण अवरुद्ध भएका छन् ।
नक्शालस्थित प्रहरी प्रधान कार्यालयले संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जनाएको छ ।
कार्यालयका अनुसार नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानी खोलास्थित सडक भासिएर पूर्वपश्चिम राजमार्गमा यातायात पूरै बन्द भएको हो । कार्यालयका अनुसार बाढीपहिरोले अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर सडक, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।