२७ सय अंकमाथि नेप्से, कारोबार रकम पनि बढ्यो

Share News

काठमाडौं । शेयर बजार परिसूचक नेप्से २७ सय विन्दुमाथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार आज (बुधवार) नेप्से २२.०४ अंकले बढेर २ हजार ७०५.९० ‌अंकमा कायम भएको हो । 

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत मंगलवार ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज कारोबार रकम बढेर ७ अर्ब ३४ करोड पुगेको छ । 

यस दिन १९९ धितोपत्रको मूल्य बढेको छ भने ४९ को घटेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स १.०३ प्रतिशत, फ्लोट इन्डेक्स ०.९५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१५ प्रतिशतले वृद्धि भएका छन्।

यस दिन वित्त र म्युचुअल फण्डबाहेकका सबै सूचक बढेका छन् । जसमा बैंकिङ समूहको सूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ । यस्तै लगानी समूहको सूचक १.३७ प्रतिशतले वृद्धि भएको छ । 

आजको कारोबारका आधारमा नेप्सेमा सानो टुप्पी भएको ठूलो हरियो शरीरको मैनबत्ती आकृति बनेको छ । यसले बजारमा खरीद दबाब परेको देखाउँछ । 

यसले आगामी दिनमा प्रवृत्ति परिवर्तन गर्न सक्ने संकेत पनि गरेको छ । 

यस दिन सर्वाधिक कमाउनेमा वरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् । उक्त कम्पनीको शेयर सर्वाधिक ६।४४ प्रतिशत बढेको छ । सर्वाधिक गुमाउनेमा भने ग्रिन डेभलपमेन्टका लगानीकर्ता छन् । 

आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।