राधी विद्युतले आफ्नो स्वामित्वको राप्ती हाईड्रोको १२ लाख ९० हजारभन्दा बढी कित्ता शेयर विक्री गर्ने

Share News

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको १२ लाख ९० हजार कित्ता शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आफ्नो नाममा रहेको उल्लेखित कित्ता संस्थापक शेयर दोस्रो बजारमा चलेको मूल्यमा विक्री गर्ने निर्णय गरेको हो । राधीले विभिन्न कम्पनीमा आफ्नो स्वामित्वका रहेको संस्थापक शेयर विक्री गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

यसअघि पनि कम्पनीले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको शेयर विक्री गरेको थियो ।

कम्पनीले जेठमा आफ्नो नाममा रहेको दोर्दी खोलाको १६ लाख ४४ हजार ८ सय ८८ कित्ता शेयर विक्री गर्ने निर्णय गरेको थियो । 

कम्पनीले विक्री गर्ने निर्णय गरेको राप्ती हाईड्रोको संस्थापक शेयरको लकइन आगामी साउन ८ गते सकिँदै छ ।

दोर्दी खोलाको संस्थापक शेयरको लकइन भने असार ७ गते सकिसकेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।